कास्कीमा स्वास्थ्य बीमा गर्नेको संख्या ५६ हजार नाघ्यो ।

0
605

मंसिर ५ पोखरा । कास्कीमा झण्डै एघार महिनाको अवधिमा ५६ हजार ४५० जनाले स्वास्थ्य बीमाको सदस्य बनेका छन् ।

गत पुस १२ गतेदेखि नेपाल सरकार सामाजिक स्वास्थ्य सुरक्षा विकास समिति कास्कीले बीमा दर्ता प्रक्रिया शुरु गरेकोमा आजसम्म १२ हजार ३०० परिवार बीमामा आवद्ध भएका छन् । बीमा दर्ता गरेबापत रु तीन करोड ७० लाख रकम संकलन भएको कार्यालयका प्रबन्धक कृष्णप्रसाद भट्टराईले जानकारी दिनुभयो ।

बीमा दर्ता गराएका २५ हजार २०० जनाले सेवा लिएका र सेवा दिएका अस्पताललाई समितिले रु दुई करोड ५० लाख भुक्तानी गरिसकेको छ । २०७२ चैत २५ गतेदेखि कैलालीबाट बीमा कार्यक्रम शुरु भएको हो । बीमा दर्ता गरेका सदस्यले कास्कीका दश सेवाप्रदायक स्वास्थ्य संस्थाबाट ५३० प्रकारका सूचीकृत औषधि र २७ प्रकारको विविध उपचार सेवा पाइरहेको भट्टराईले बताउनुभयो ।