२०८३ आश्विन १९ गते सोमबार
२०८३ आश्विन १९ गते सोमबार

कांग्रेस महाधिवेशन : कुन पदको मनोनयन दस्तुर कति ?

नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले पार्टीको निर्वाचन प्रयोजनका लागि विभिन्न पदहरूको उम्मेदवारी मनोनयन दस्तुर सार्वजनिक गरेको छ ।

आइतबार एक सूचना जारी गर्दै निर्वाचन समितिले पार्टीको निर्वाचन प्रयोजनका लागि विभिन्न पदहरूको उम्मेदवारी मनोनयन दस्तुर सार्वजनिक गरेको हो ।

समितिले तोकेको विवरण अनुसार उम्मेदवारी मनोनयन दस्तुर सभापति पदका लागि ४० हजार, केन्द्रीय उपसभापति र महामन्त्री पदका लागि ३० हजार, सहमहामन्त्री पदका लागि २० हजार र केन्द्रीय सदस्य पदका लागि ११ हजार रुपैयाँ रहेको छ । 

यसैगरी, मनोनयन दस्तुर प्रभु बैंकमा रहेको नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिको खाता नं. ११३००७२६४३६०००२९ मा जम्मा गरी प्राप्त भौचर अनिवार्य रूपमा संलग्न गर्नुपर्नेछ ।  

निरन्तर क्रियाशील सदस्य रहेको सिफारिस, निर्देशिकामा तोकिए बमोजिमको फोटोसहितको परिचयपत्र तथा केन्द्रीय महाधिवेशन प्रतिनिधिको निर्वाचित प्रमाणपत्र मनोनयन पत्र साथ बुझाउनु पर्नेछ । वारेसमार्फत दर्ता गर्दा वारेसनामा र वारेसको नागरिकताको फोटोकपी अनिवार्य गरिएको छ । साथै, विदेशस्थित नेपाली जनसम्पर्क समितिबाट मनोनयन दर्ता गर्दा नेपाली नागरिकताको फोटोकपी पेश गर्नुपर्ने प्रावधान छ ।  

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।