२०८३ कार्तिक १६ गते आईतवार
२०८३ कार्तिक १६ गते आईतवार

डोल्पा कारागारबाट कैदी फरार घटना छानबिन गर्न समिति गठन

जिल्ला कारागार डोल्पाबाट कैदी फरार घटना छानबिनका लागि समिति गठन गरिएको छ । प्रहरी निरीक्षक विनय सिंहको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरिएको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रमुख तथा डीएसपी अनिलराज गिरीले जानकारी दिए ।

उनका अनुसार समितिमा जिल्ला प्रशासन कार्यालय डोल्पाका एक जना प्रतिनिधि र राष्ट्रिय अनुसन्धान विभागका एक कर्मचारी सदस्य छन् । समितिले प्रतिवेदन दिएपछि घटनाको सत्यतथ्य बाहिर आउने उनले बताए । शुक्रबार राति कारागारबाट सुरुङ खनेर कैदीहरु फरार भएका थियो । कैदीबन्दी ४ मिटर ६३ सेन्टिमिटर लामो सुरुङ खनेर कारागारबाट भागेका थिए ।

फरार हुनेमा करणी मुद्दाका पाँच जना र चोरी मुद्दाका तीन जना रहेका छन् । करणी मुद्दाका रुकुमपश्चिमको आठबिसकोट नगरपालिका–१० का राम विक, डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–७ का कालीप्रसाद रोकाया, वडा नम्बर ४ का धनबहादुर बुढा भनिने हरिबहादुर बुढा, सल्यानको कुमाख गाउँपालिका–५ का रेशम राना, जाजरकोटको बारेकोट गाउँपालिका–१ का यज्ञ विक चोरी मुद्दाका जाजरकोटको नलगाड नगरपालिका–९ का कैलाश भनिने कपिल परियार, रुकुमपश्चिमको आठबिसकोट नगरपालिका–५ का तिलक भण्डारी र वडा नम्बर ३ का आदेश भण्डारी फरार भएका छन् ।

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।