२०८३ कार्तिक २९ गते शनिबार
२०८३ कार्तिक २९ गते शनिबार

एनपीएल: लुम्बिनी पहिलो क्वालिफायरमा प्रवेश,विराटनगर आउट

लुम्बिनी लायन्स राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग(एनपीएल)को पहिलो क्वालिफायरमा प्रवेश गरेको छ। आज सम्पन्न खेलमा विराटनगर किंग्सलाई हराउदै लुम्बिनी पहिलो क्वालिफायरमा सुरक्षित भएको हो।

हारसंगै विराटनगर बाहिरिएको छ।

जितका लागि पाएको १६७ रनको लक्ष्य लुम्बिनीले १९।५ ओभरमा ६ विकेटको क्षतिमा पूरा गर्यो।

जसमा आसिफ शेख र डार्सी सर्टले ४५र४५ रन बनाए। 

विराटनगरका अपराजित पौडेलले २ विकेट लिए।

यसअघि त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १६६ रन बनायो ।

जसमा चरिथ असलङ्काले अर्धशतकीय पारी खेल्दै ६४ रन बनाए। यस्तै शुभम रञ्जनेले ३१ ,इमरान शेखले २४ रन हिर्काए। 

 लुम्बिनीका किशोर महतोले २,रूबेल ट्रम्पलमेन र अभिषेश गौतमले १र१ विकेट लिए।

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।