गोरखामा निजि गाडीबाट ब्यापार सुरु

0
346

पुस ३,गोरखा । गोरखामा सञ्चालित ट्याक्सीहरुले बढी भाडा असुल्ने गरेको पाइएको छ । ट्याक्सी चालकहरुले मान्छे अनुसारको भाडा असुल्ने गरेको पाइएको हो ।

चिनेजानेकालाई कम भाडा लिए पनि नचिनेका यात्रुलाई भने मनपरी भाडा लिँदै आएका छन् ।

२०७३ सालमा दर्ता भएर सञ्चालनमा आएको गोरखा मनकामना यातायात सेवा प्रा.लि. अन्तरगत हाल जिल्लामा कालो प्लेटका २६ वटा ट्याक्सी र ३ वटा इको भ्यान सञ्चालनमा छन् ।

तर, उनीहरुले मनपरी भाडा असुल्दै यात्रुलाई ठग्ने गरेका छन् । भाडामा मनोमानी भएको चौतर्फी गुनासो आउन थालेपछि केही समय अघि ट्याक्सी व्यवसायी संघ र नियमन निकायको बैठक बसेर दुरी अनुसारको भाडा निर्धारण गरिएको थियो ।

तर, ट्याक्सी चालकहरुले यात्रुलाई बाध्यतामा पारेर निर्धारण गरिएको भन्दा बढी भाडा लिँदै आएका छन् ।