२०८१ माघ ३ गते बिहीबार
२०८१ माघ ३ गते बिहीबार

महोत्तरीमा लुटेरा समूहले गर्‍यो वृद्धको हत्या

महोत्तरीमा लुटेरा समूहले शनिबार बिहान एकजनाको हत्या गरेको छ। मनरा शिसवा नगरपालिका- ४ साढाका अन्दाजी ७० वर्षीय सुशील झाको हत्या भएको प्रहरीले जनाएको छ।

बिहान ३-४ बजेतिर आएको अनुमानित ८ जनाको सङ्ख्यामा आएको लुटेरा समूहले झाको हत्या गरेको स्थानीयवासीलाई उद्धृत गर्दै जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डीएसपी सन्तुलाल जयसवालले जानकारी दिए।

लुटेरा समूहले झाको घरमा रहेको सुनका केही गहना र करिब एक लाख रुपैयाँ पनि लुटेर लगेको उनले जानकारी दिए। घटनाबारे थप अनुसन्धान गरिरहेको जयसवालले बताए।

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।