आवासीय भवनमा आगजनी गर्ने पक्राउ

0
230

एजेन्सी,काठमाण्डौ, २० भदौ । पोर्चुगलको मोन्चिक नगरमा एकजना सन्काहा व्यक्तिले आवासिय भवनहरुमा आगो लगाइदिँदा त्यहाँ बस्ने बृद्धबृद्धा तथा अशक्त, अपाङगहरुको भागदौड मच्चिएको स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन् ।
दक्षिणी पोर्चुगलको अल्गार्भ प्रान्तको मोन्चिक नगर राजधानी लिस्बनबाट दक्षिणतर्फ २५७ किलोमिटर टाढा अवस्थित छ । यो सहर पर्यटकलाई आकर्षण गर्ने लोकप्रिय केन्द्रबिन्दु पनि हो ।
शनिबार अपरान्हदेखि भएको सो आगलागीबाट धन, जनको खासै क्षति नभए तापनि एउटी स्थानीय महिला धुवाँको मुस्लोले निसास्सिएकी छन् ।
आगजनी गर्ने एक जना ४९ बर्षीय उक्त सन्काहा मानिसलाई प्रहरीले पक्राउ गरेको छ ।