ट्रायलमा फेल भएकालाई अब १ महिनामै मौका ।

0
504

 काठमाडौं,२७ भदौ ।  सवारी तथा यातायात ब्यवस्था ऐन(२०४९) मा गरिएको संशोधन प्रस्तावमा ट्रायलमा फेल हुनेहरुले ट्रायल दिएको एक महिनामै फेरि आवेदन दिन सकिने उल्लेख छ । सवारी चालक अनुमतिपत्र लाइसेन्स का लागि प्रयोगात्मक परीक्षा मा फेल भए फेरी १ महिनापछि ट्रायल दिन पाउने ब्यवस्था गरिएको छ । ट्रायल फेल भएकाले अहिले ९० दिन अर्थात ३ महिनासम्म मौका पाउँदैनन् । ऐनको संशोधन मस्यौदामा भने ३० दिनपछि नै ट्रायल दिन पाउने व्यवस्था प्रस्ताव गरिएको छ । यसअघिको व्यवस्थाले धेरैलाई सास्ती भएको र अव्यवहारिक देखिएको भन्दै यातायात ब्यवस्था विभागले यस्तो प्रस्ताव गरेको हो । विभागले तयार गरेको मस्यौदा आइताबर मात्रै मन्त्रालयमा पठाइएको छ । मन्त्रालयमार्फत यो संसोधन प्रस्ताव संसदमा पेश हुनेछ । संसदले पारित गरेपछि यो लागू हुनेछ ।