चर्चित गायक तथा संगीतकार सुनील बर्देवाको निधन ।

0
824

  काठमाडौं,२९, भदौ । चर्चित गायक तथा संगीतकार सुनील बर्देवाको मंगलबार बेलुकी अल्पआयुमै निधन भएको छ । कलेजोको समस्याबाट पीडित उनको शिक्षण अस्पताल महाराजगञ्जमा उपचारका क्रममा निधन भएको गीतकार तथा सञ्चारकर्मी भूपेन्द्र खड्काले जानकारी दिए । उनका “गोरेटो अनि उस्तै छ गल्ली, बिहानीमा अनि साँझमा, जब म लगायतका गीत निकै चर्चित छन् । पप गीतहरुमा संगीत संयोजन गर्ने उनी गीत समेत लेख्थे । बर्देवाका ‘जब म’, ‘मेरो गितार’, ‘बेस्ट अफ सुनील बर्देवा’लगायतका गीति एल्बम निस्किएका छन् । एक छोरा र एक छोरी रहेका उनको श्रीमतीको २ वर्षअघि नै निधन भइसकेको छ । बर्देवाको पार्थिव शरीरलाई श्रदाञ्जलीकालागि बुधबार बिहान नेपाल प्रज्ञा(प्रतिष्ठान कमलादीमा राखिने जनाइएको छ । उनको बुधबार नै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिनेछ ।