नेपालको अर्थतन्त्रको चाबी अझैसम्म नेपालीसँग नरहेको मन्त्रि महराको भनाई ।

0
509

  काठमाडौं ,३१ भदौ, ।   नेपाल आर्थिक पत्रकार समाज-सेजनको १७औं वाषिर्क साधारण सभालाई सम्बोधन गर्दै उपप्रधान तथा अर्थमन्त्री कृष्ण बहादुर महराले नेपाली अर्थतन्त्रको चाबी अन्तै भएको बताएका छन् । प्रतिस्पर्धामा आधारित राजनीति र प्रतिस्पर्धी अर्थतन्त्र प्राप्तिका लागि हामी लडेका हौं,’ उनले भने, ‘अर्थतन्त्र हाम्रै हातमा ल्याउन अझै मेहनत गर्नुपर्ने देखियो ।’ अर्थमन्त्रीको जिम्मेवारी सम्हालेको सवा एक महिनामा आफुले नेपालको अर्थतन्त्र नेपालीको हातमा नभएको पाएको बताए । कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले आर्थिक पत्रकारिता बलियो भयो भने मात्रै समग्र पत्रकारिता बलियो हुने बताए । कतिपय नेपाली आर्थिक पत्रकारहरुले आचारसंहिता नमान्दा पत्रकारिता पेशाप्रति नै प्रश्च चिन्ह खडा हुनसक्नेतर्फ गभर्नर नेपालले सचेत गराए । आर्थिक पत्रकारले आचारसंहिता पालना गरेर समाचार लेख्दा त्यसले मुलुकको अर्थतन्त्र बलियो बनाउन सहयोग पुग्छ,’ उनले भने ।