बिपन्न बर्गको उपचार गर्न जापानबाट आठ लाख सहयोग ।

0
988

चितवन, १ कात्तिक । चितवन समाज जापानले भरतपुर अस्पतालले स्थापना गरेको गरिब विपन्न उपचार राहत कोषका लागि रु आठ लाख रकम आइतबार एक कार्यक्रमका बीच हस्तान्तरण गरेको छ ।

समाजका अध्यक्ष सरोज कँडेलले अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा रुद्रप्रसाद मरासिनीलाई रु आठ लाखको चेक हस्तान्तरण गर्नुभयो । चितवनबाट जापान पुगेका नेपाली मिलेर खोलिएको यो संस्थाले चितवन धमाका नामक साङ्गीतिक कार्यक्रमको आयोजना गरी सङ्कलन गरेको रकम अस्पतालमा आएर सेवा लिने अति गरिब, विपन्न र सीमान्तकृत बिरामीको उपचारका लागि खर्च गर्ने गरी हस्तान्तरण गरिएको समाजका अध्यक्ष कँडेलले जानकारी दिनुभयो ।

कार्यक्रममा सुपरिटेन्डेन्ट मरासिनीले अस्पतालले हालै मात्र स्थापना गरेको गरिब तथा विपन्न उपचारका लागि रकम आउने क्रम सुरु भएको भन्दै यसको व्यवस्थित सञ्चालन र पारदर्शीता प्रमुख चुनौती रहेको बताउनुभयो ।