मोरङ क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार डा. सुनिल शर्माप्रति बढ्दो जनसमर्थन देखिँदै गएको छ। रोजगारीको सिलसिलामा कतारमा रहेका धिरज चाम्लिङ निर्वाचनमा मतदान गर्न विशेष रूपमा स्वदेश फर्किएका छन्।
हमाद अन्तर्राष्ट्रिय विमानस्थल, दोहाबाट काठमाडौं प्रस्थान गर्ने क्रममा सामाजिक सञ्जालमार्फत उनले प्रत्यक्षतर्फ डा. सुनिल शर्मालाई विजयी गराउने आफ्नो स्पष्ट प्रतिबद्धता सार्वजनिक गरेका हुन्। उनले डा. शर्मालाई विकास, सेवा र जनताको समस्यामा प्रत्यक्ष जोडिएका नेताका रूपमा उल्लेख गर्दै आफ्नो मत सुनिश्चित गर्न मातृभूमि फर्किएको बताएका छन्।
चाम्लिङले समानुपातिकतर्फ नेपाली कांग्रेसलाई मतदान गर्ने र देशमा सकारात्मक नेतृत्व स्थापित गर्नुपर्ने धारणा समेत व्यक्त गरेका छन्। विदेशमा रहेर पनि डा. सुनिल शर्माप्रति देखिएको यस्तो समर्थनले मोरङ–३ मा चुनावी माहोल थप उत्साहित बनेको स्थानीयले बताएका छन्।
निर्वाचन नजिकिँदै जाँदा डा. सुनिल शर्माको पक्षमा स्वदेश तथा विदेशबाट समर्थन बढ्दै गएको देखिन्छ।








