उत्तरको आणविक परीक्षणले रेडियोधर्मी विकिरण फैलाउने दक्षिणको चेतावनी , पर्वत नै फुट्न सक्ने ।

0
253

१४ कात्तिक , बीबीसी । दक्षिण कोरियाली मौसम विभागले उत्तर कोरियाले आफ्नो भूमीमा गर्दै आएको आणविक परीक्षणले रेडियोधर्मी विकिरण फैलाउनसक्ने चेतावनी दिएको छ । मन्टप पर्वतमा गराइने आणविक परीक्षणले पर्वत नै फुट्न सक्ने बताएको छ । गत सेप्टेम्बरमा प्योङयाङले गरेको परमाणु परीक्षणका कारण भुस्खलनका घटना भइसकेका छन् । उत्तरले सन् २००६ देखि सोही स्थानमा परमाणु परीक्षण गर्दै आएको छ ।

उत्तरले गर्ने परमाणु परीक्षणले मन्टप पर्वत नै भत्किने जोखिम रहेको दक्षिणका वैज्ञानिक नामलाई उद्यृत गर्दै बीबीसीले लेखेको छ । अन्तर्राष्ट्रिय स्तरमा भइरहेको विरोधका बाबजुद उत्तरले आणविक परीक्षण जारी राखेकाले दक्षिण कोरियाले यसको विरोध गरेको हो । कोरीयालाई शक्ति राष्ट्रहरुले समेत आणविक परीक्षण रोक्न दवाब दिदै आएका छन् ।