२०८३ बैशाख २८ गते सोमबार
२०८३ बैशाख २८ गते सोमबार

मृत्युदण्डको पर्खाइमा रहेका पृथ्वीलाई बचाउन अभियान सुरु, ब्लडमनी तिर्न १ करोड आवश्यक

यु ए ई को जेलमा छोरो मृत्युु कुरिरहेछ, स्वदेशमा बाबु जीवनको भिख मागिरहेछन्

नियति कति क्रुर हुन्छ भन्ने उदाहरण हेर्न सुर्खेतको सिम्ता गाउँपालिका–३ का ६० वर्षीय टेकु चन्द ठकुरीको आँखा हेरे पुग्छ। ती आँखामा न निन्द्रा छ, न त आँसु नै बाँकी छ। छ त केवल, परदेशको जेलमा मृत्युदण्डको पर्खाइमा रहेका छोरा पृथ्वीको तस्बिर र १ करोडको त्यो ब्लडमनी जसले उनको होस उडाएको छ।

२५ वर्षीय पृथ्वी चन्द ठकुरी, जो सुन्दर भविष्यको सपना बोकेर दुबई उडेका थिए, आज त्यहीँको जेलको तातो कोठामा जीवन र मरणको दोसाँधमा छन्। दुबईको अदालतले उनलाई १ करोड नेपाली रुपैयाँ बराबरको ब्लडमनी तिर्न आदेश दिएको छ। यदि उक्त रकम बुझाउन नसके उनले फाँसीको सजाय भोग्नुपर्नेछ।

ड्युटीबाट फर्किएर एकै कोठामा सुतेका साथीको हर्टअट्याकका कारण ज्यान गयो साथी कतै जिउँदै पो छन् की भनेर छामेका पृथ्वी हत्याराको आरोपमा फसे। त्यसैको आधारमा उनको मृत्युको दोषी पृथ्वीलाई मान्दै त्यहाँको अदालतले ब्लडमनीको सजायाँ सुनाएको छ उनका बुबा भन्छन् ब्लडमनी तिर्न नसके फाँसीको सजाय पनि हुन सक्छ ।

छोरालाई बचाउन टेकु चन्दले सकेको जति हारगुहार गरिरहेका छन् तर छोरा बचाउँने कुनै उपाय नदेख्दा उनी लाचार बनेका छन् । न उनीसँग सहयोगी हातहरु पुगेका छन्, न उनीसँग १ करोड रुपैंया छ ।
घरको अवस्था झन् दयनीय छ। घरमा अपाङ्ग आमा छोराको बाटो हेरेर रोइरहेकी छिन्। छोरो जेलमा परेपछि बुबा टेकु आफैँ डिप्रेसनको शिकार भएका छन्।

खबर सुनेदेखि रातमा निन्द्रा छैन, दिनमा भोक छैन। अब बाँचु कसरी ? मरु कसरी ? उनको यो प्रश्नले राज्य र समाजको संवेदनालाई गिज्याइरहेको छ।
एउटा गरिब बाबुका लागि १ करोड रुपैयाँ सगरमाथा चढ्नु भन्दा कठिन लक्ष्य भएको छ। तर, नेपालीको एउटा सानो सहयोगले पृथ्वीले नयाँ जीवन पाउन सक्छन्। टेकु चन्द अहिले हात फैलाएर सबैलाई एउटै बिन्ती गरिरहेका छन्— मेरो छोरालाई फाँसीबाट जोगाइदिनुहोस्।

पृथ्वीको ज्यान बचाउनका लागि इच्छुक मनकारी तपाईहरूले सिधै परिवारलाई ९७६३८७३०६९ यो नम्बरमा सम्पर्क गरी आफ्नो इच्छा अनुसारको सहयोग गर्न सक्नुहुनेछ। तपाईँले दिएको थोरै रकम पनि पृथ्वीका लागि जीवनदान बन्न सक्छ।

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।