आज राम नबमी पर्व मनाईदै,राम मन्दिरहरुमा दर्शनार्थीको भिड

0
539

काठमाडौ, ३ बैशाख । हिन्दु धर्माबलम्बहिरुद्धारा श्रद्धा तथा भक्तिपूर्वक रामको पूजा–आराधना गरी आज रामनवमी पर्व मनाईंदैछ । हरेक वर्षको चैत शुक्ल नवमीमा जस्तै आज पनि यो पर्व मनाइदैछ । मर्यादा पुरुषोत्तमका नामले चिनिने रामको जन्म भएको दिनको सम्झनामा राम मन्दिरमा पूजापाठ गरी यो पर्ब मनाउने गरिन्छ । अत्याचारी रावणमाथि विजय प्राप्त गरेका श्रीरामको सम्झनामा आज देशभरका बिभिन्न राम मन्दिरमा बिहानै दृखि पूजापाठ भैरहेको छ ।
त्रेतायुगमा आजकै दिन अयोध्यामा श्रीरामको जन्म भएको पौराणिक ग्रन्थमा उल्लेख छ । देशभरका बिभिन्न पवित्र नदी, ताल तथा कुण्डमा स्नानका साथ ब्रत बसी रामगीता पाठ गर्ने चलन पनि रहि आएको छ । राम नावमीमा ब्रत बसी पूजापाठ तथा जपध्यान गर्नाले चिताएको कार्य पूरा हुने विश्वास छ । आज बिशेष गरी जनकपुरको रामजानकी मन्दिरमा भक्तजनको भीड लागेको छ ।