२०८२ असार ११ गते बुधबार
२०८२ असार ११ गते बुधबार

तोक्मा टेक्नोलोजीजले सार्वजनिक गर्‍यो तोक्मा एप र जीकार्ड

२९ वैशाख, काठमाडौं । तोक्मा टेक्नोलोजीजले तोक्मा एप र जीकार्ड सार्वजनिक गरेको छ । सोमबार काठमाडौंको याक एण्ड यतिमा आयोजित एक विशेष समारोहमा नेपाल विद्युत प्राधिकरणका पूर्वप्रबन्ध निर्देशक कुलमान घिसिङले तोक्मा एप र जीकार्ड सार्वजनिक गरेका हुन् ।

तोक्मा टेक्नोलोजीजले अल इन वान एप अर्थात सुपर एपको रूपमा तोक्मा र एनएफसी प्रविधिमा आधारित डिजिटल कार्ड जीकार्ड ल्याएको हो ।

सार्वजनिक कार्यक्रममा बोल्दै विद्युत प्राधिकरणका पूर्व प्रबन्ध निर्देशक कुलमान घिसिङले तोक्मा एप र जीकार्डले नेपालको डिजिटल इकोनोमीमा महत्त्वपूर्ण योगदान पुर्‍याउने बताए ।

‘यी प्रडक्टले डिजिटल इकोनोमीमा महत्त्वपूर्ण योगदान दिने छन् । यसले थुप्रै रोजगारीका अवसर समेत सिर्जना गर्नेछ,’ घिसिङले भने, ‘यस्ता प्रविधिले दैनिक काममा समेत इफिसेन्सी ल्याउँछन् । त्यसैले तपाईहरू पनि प्रयोग गर्नुहोस् ।’

 

तोक्मा टेक्नोलोजीका सह-संस्थापक सञ्चमान राईले ३ वर्षको अनुसन्धान गरेर प्रडक्ट ल्याएको जानकारी दिदै सुझाव अनुसार परिवर्तन गर्दै जाने बताए ।

त्यस्तै तोक्मा टेक्नोलोजीका प्रमुख कार्यकारी अधिकृत सागर आङ्गेदम्बेले तोक्मा एप र जीकार्ड एउटा प्रविधि मात्र नभएर देश परिवर्तनको संवाहक भएको बताए ।

शहरी यातायात प्राधिकरणका प्रमुख कार्यकारी अधिकृतमा कुबेर नेपालीले सार्वजनिक यातायातको क्षेत्रमा राइड शेयरिङ अनिवार्य र सहजता भएको जानकारी दिए ।

कार्यक्रममा बोल्दै क्यान महासंघका उपाध्यक्ष चिरञ्जीवी अधिकारीले आजको युगमा इन्नोभेसन अनिवार्यता भएको बताए । ‘हामी यस्तो युगमा बाँचिरहेका छौं, जहाँ नवप्रवर्तन विकल्प होइन, अनिवार्यता हो,’ उनले भने, ‘अब स्टार्टअपहरू केवल साना व्यवसाय होइनन् । आशा, सम्भावना, नेतृत्व र डिजिटल नेपालका संवाहक हुन् ।’

त्यसैगरी तोक्मामा ब्राण्ड एमबास्डर विल्सन विक्रम राईले स्वदेशी प्रविधि प्रयोग गर्न सबैलाई आग्रह गरे ।

तोक्मा एपमा राइड शेयरिङ, टुर गाइड, सेक्युरिटी, केयर गिभर, शपिङ लगायतका सुविधा रहेका छन् । जीकार्डले भौतिक रूपमा भिजिङ कार्ड बोकेर हिड्नुपर्ने बाध्यतालाई जीकार्डले अन्त्य गर्नेछ ।

जीकार्ड भएपछि एनएफसी सपोर्ट गर्ने मोबाइलमा ट्याप गरेर आफ्नो व्यक्तिगत र व्यवसायीक विवरण सजिलै शेयर गर्न सकिने छ । साथै आफ्नो आवश्यकता अनुसार जिकार्डमा विवरण पनि परिवर्तन सकिने छ । यसले वातावरणलाई जोगाउन पनि सहयोग गर्ने कम्पनीले जनाएको छ ।

लोकप्रिय

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।