२०८३ आश्विन १३ गते मंगलवार
२०८३ आश्विन १३ गते मंगलवार

सरकारले व्यक्तिगत इगो साट्न राज्यसत्ताको दुरुपयोग गर्‍यो : ज्ञानेन्द्र शाही

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानबहादुर शाहीले वर्तमान सरकारले व्यक्तिगत इगो साट्न राज्यसत्ताको चरम दुरुपयोग गरिरहेको आरोप लगाएका छन् ।

सोमबार संघीय संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै शाहीले विधि र प्रक्रिया मिचेर गरिने गिरफ्तारीले सरकारको छवि धुमिल बनाएको बताए ।

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र व्यवसायी दुर्गा प्रसाईंको गिरफ्तारीको प्रसंग उल्लेख गर्दै उनले कानुनी राज्यको उपहास भइरहेको दाबी गरे । भ्रष्टाचार तथा अपराध अनुसन्धानमा सरकार छनोटपूर्ण ढंगले अघि बढेको उनको आरोप थियो ।

‘कोही पनि व्यक्तिलाई पक्राउ गर्नुहुन्न भन्ने होइन । तर पक्राउ गर्दा कानुनी आधार र अदालतको पक्राउ पुर्जी अनिवार्य हुनुपर्छ,’ शाहीले भने, ‘प्रमाणबिना राति ३ बजे पक्राउ गर्नु र पछि छाड्नु बालहठ मात्र हो ।’

उनले विभिन्न भ्रष्टाचार प्रकरणमा आरोप लागेका व्यक्तिहरूमाथि कारबाही नभएको भन्दै सरकारको कार्यशैलीमाथि प्रश्न उठाए ।

‘९ अर्ब रुपैयाँ घोटालाका आरोपी जिबी राई, वाइडबडी काण्ड, ४ जी र एनसेलका दोषीहरू खुला हिँडिरहेका छन् । तर सरकारले व्यक्तिगत प्रतिशोधका लागि मात्र शक्ति प्रयोग गरिरहेको छ,’ उनले भने ।

सरकारको पछिल्लो गतिविधिले अघिल्लो र वर्तमान सरकारबीच कुनै भिन्नता नदेखिएको पनि शाहीले बताए ।

‘तपाईंहरूले जसरी इगो साट्न पक्राउ गर्ने खेल सुरु गर्नुभएको छ, यसको हिसाब–किताब भोलि जनताले माग्छन्,’ उनले भने ।

शाहीले सरकारलाई सुशासनको बाटोमा अघि बढ्न सुझाव दिँदै भ्रष्टाचारविरुद्ध वास्तविक कदम चालिए आफ्नो दलले साथ दिने प्रतिबद्धता जनाए ।

तर राज्यसत्ताको दुरुपयोग जारी रहे जनता सडकमा आउन बाध्य हुने चेतावनीसमेत उनले दिए ।

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।