२०८३ आश्विन १३ गते मंगलवार
२०८३ आश्विन १३ गते मंगलवार

प्रचण्डले भने- छोरी पिटेर बुहारी तर्साउन खोजे सरकारले ठूलो मूल्य चुकाउनुपर्नेछ

नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहालले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई बिना कारण पक्राउ गरिएको भन्दै आपत्ति जनाएका छन् ।

सोमवार सिंहदरबारस्थित संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै दाहालले विशिष्ट व्यक्तिहरूलाई बिना कारण पक्राउ गर्ने ‘दुस्साहस’ गरिए सरकारले त्यसको ठूलो मूल्य चुकाउनुपर्ने बताए ।

पूर्वप्रधानन्यायाधीश जबरालाई पक्राउ गरेर न्यायालयलाई तर्साउन खोजिएको संकेत गर्दै उनले ‘छोरी पिटेर बुहारी तर्साउन खोजे’ सरकारकै लागि घातक हुने टिप्पणी गरे ।

‘यो सरकारका लागि भारी पर्छ । यही तरिकाले सरकार चलाउने कोशिस र दुस्साहस भइराख्यो भने यसको मूल्य धेरै ठूलो पर्छ,’ उनले भने ।

आगामी दिनमा यस्ता घटना नदोहो¥याउन पनि उनले सरकारको गम्भीर ध्यानाकर्षण गराए ।

जबरामाथि सुरक्षा थ्रेट रहेको भए पक्राउ गर्नुको साटो घरमै सुरक्षाकर्मी थप्नुपर्ने उनको भनाइ थियो । सुरक्षा खतरा देखाएर पक्राउ गरिएको भन्ने विषय बहानाबाजी भएको उनले बताए । ‘यदि सुरक्षा थ्रेट हो भने सुरक्षा बढाइदिने हो नि,’ उनले भने ।

पूर्वप्रधानन्यायाधीश जबरालाई पक्राउ गरेर छाड्नुको वास्तविक तथ्य विस्तारै बाहिर आउने दाहालले बताए । सरकारले न्यायालयलाई त्रसित पार्ने उद्देश्यले यस्तो कदम चालेको भए त्यसको परिणाम घातक हुने उनले चेतावनी दिए ।

यसैबीच, दाहालले प्रधानमन्त्री बालेन्द्र साहले संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा गरेको सम्बोधन मुलुकले भोगिरहेको परिस्थितिका हिसाबले स्वाभाविक रहेको प्रतिक्रिया दिएका छन् ।

प्रधानमन्त्री साहको सम्बोधनलाई लिएर अनावश्यक रूपमा बढाइचढाइ गर्न आवश्यक नरहेको उनले बताए ।

प्रधानमन्त्री साहको ठाउँमा अरू कोही व्यक्ति गएको भए पनि मुलुकको अवस्थाका विषयमा त्यही किसिमको धारणा राख्ने उनको भनाइ थियो ।

‘बालेनजी गएर यो कुरा बोले, अरू गएको भए बोल्दैनथ्यो भन्ने कुरा सोचियो भने त्यो पनि सही हुँदैन,’ उनले भने ।

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।