२०८३ आश्विन १३ गते मंगलवार
२०८३ आश्विन १३ गते मंगलवार

संसदीय विशेष समितिको सभापति बुधबार चयन हुने

हिमालमा जलवायु परिवर्तन तथा भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समितिको सभापति बुधबार चयन हुने भएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले समितिको सभापति चयनका लागि बुधबार दिउँसो २ बजे निर्वाचन हुने गरी निर्वाचन कार्यक्रम तय गरेका हुन् ।

 

गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा ठूलो मानवीय तथा भौतिक क्षति भएपछि प्रतिनिधिसभाले १५ सदस्यीय संसदीय विशेष समिति गठन गरेको थियो ।

समितिको कार्यावधि तीन महिना तोकिएको छ । आवश्यकताअनुसार समितिको म्याद थप गर्न सकिने व्यवस्था पनि गरिएको छ ।

समितिले भोटेकोशी–त्रिशूली विपद्को कारण, प्रभाव र क्षतिको अध्ययन तथा अनुगमन गर्नेछ । साथै विपद्को उत्पत्ति, घटनाक्रम, तत्कालीन कारण तथा जोखिम बढाउने कारकको वैज्ञानिक प्रमाणमा आधारित अध्ययन गर्ने कार्यादेश पाएको छ ।

त्यसैगरी समितिले हिमाली क्षेत्रमा जलवायु परिवर्तनको प्रभाव, विपद्सँग जलवायु परिवर्तनको सम्भावित सम्बन्ध, सीमापार जलाधारको प्रभाव तथा तल्लो तटीय क्षेत्रमा परेको असरबारे अध्ययन र समीक्षा गर्नेछ ।

समितिले खोज, उद्धार, राहत तथा पुनःस्थापनाका कामको अनुगमन गर्नुका साथै विपद् जोखिम न्यूनीकरण र पूर्वचेतावनी प्रणालीको अध्ययन गरी आवश्यक सुझावसमेत दिनेछ ।

ट्रेन्डिङ

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।