२०८३ आश्विन १३ गते मंगलवार
२०८३ आश्विन १३ गते मंगलवार

आमाको दुध प्रतिस्थापन गर्ने वस्तुको नियमन गर्न सरकारले ल्यायो नयाँ विधेयक

सरकारले नवजात शिशु तथा बालबालिकाको पोषण सुरक्षा थप सुदृढ बनाउने उद्देश्यले ‘आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु बिक्री वितरण नियन्त्रण ऐन, २०४९’ संशोधन गर्ने प्रक्रिया अघि बढाएको छ ।

सोमवार बसेको प्रतिनिधि सभा बैठकमा स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले विधेयक प्रस्तुत गर्दै संघीय संरचना र वर्तमान आवश्यकताअनुसार विद्यमान कानुन परिमार्जन गर्न आवश्यक रहेको बताइन् ।

बाल पोषणलाई थप सुरक्षित बनाउन सरकारले उक्त विधेयकलाई चालु आर्थिक वर्षको प्राथमिकतामा राखेको उनले बताइन् ।

विधेयकको सैद्धान्तिक पक्षमाथि छलफल गर्दै मन्त्री मेहताले स्वास्थ्यकर्मीको भूमिका, बच्चाको उमेर तथा पूरक पदार्थको वैज्ञानिक परिभाषा र आमाको दूध सङ्कलन तथा व्यवस्थापनसम्बन्धी नयाँ प्रावधान प्रस्ताव गरिएको जानकारी दिइन् ।

संघीय संरचनाअनुसार प्रदेश र स्थानीय तहको भूमिकालाई समेत स्पष्ट पार्ने गरी विधेयक तयार गरिएको उनले बताइन् । ‘विद्यमान कानुनलाई आधुनिक आवश्यकतासँग जोड्नु र बाल पोषणमा आमाको दूधको महत्व स्थापित गर्नु नै यो संशोधनको मूल उद्देश्य हो,’ उनले भनिन् ।

आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तुको बिक्री वितरणमा देखिएका बेथिति रोक्न कसूर तथा सजायसम्बन्धी व्यवस्थालाई समेत थप कडा बनाउने प्रस्ताव गरिएको छ ।

मन्त्री मेहताले विधेयकको दफावार छलफलका क्रममा सांसदहरूले दिने सुझावलाई समेटेर विधेयकलाई थप परिष्कृत गर्ने बताइन् ।

सरकारले उक्त विधेयकलाई चालु आर्थिक वर्ष २०८३/८४ को संघीय संसद्को उच्च प्राथमिकतामा राखेको छ ।

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।