खान पुगोस् र दिन पुगोस …

0
918
कविताको शिर्षक छ,
खानपुगोस् दिन पुगोस्                                                  कल्पना घिमिरे चितवन हाल बानेश्वर काठमाण्डौ

Kalpana Ghimire(Didi)

कस्तो अचम्म छ यो पबित्र शब्द
कहिल्यै अपबित्र नहुने,
कति अदृश्य छ यो पबित्र शब्द
दृश्य पदार्थ देखि अलग्गै रहने,
कस्तो अचम्म छ यो आशिष
अति शुष्म भई बुझ,
खान र दिन पुगे पछि बस्
यहि ऐश्वर्य भयो अरु केहि नखोज,
यदि खोज्नु नै छ भने भोका र नाङ्गा कति छन्
बत्ति बालेर खोज,
यदि रोज्नु नै छ भने पबित्र नित्य रुप खोज
ठूलो घर कहिल्यै नखोज,
ठूलो घर हुनाले सुख पाईदैन
भो अब मलाई ऐश्वर्य सम्पति चाहिंदैन,
खान पुगोस् र दिन पुगोस्
बस् यत्ति भए पुग्छ,
नित्य शुद्ध बुद्ध अखण्ड रुप
बस यहि हो हाम्रो चिद स्वरुप
कति प्रकाश छ गुरुको त्यो पबित्र वाणिलाई
यस्तो अजर अमर शुद्ध बुद्ध चेत स्वरुपको बोध गराई ।।।