२०८२ असार ११ गते बुधबार
२०८२ असार ११ गते बुधबार

यु-१९ विश्वकप छनोट : वर्षाले प्रभावित खेलमा यूएईमाथि नेपालको जित

काठमाडौं । यू-१९ विश्वकप एसिया छनोटमा नेपालले आइतबार विजयी सुरुवात गरेको छ । मूलपानी मैदानमा आइतबार भएको खेलमा नेपालले यूएईलाई ५ रनले पराजित गरी विजयी सुरुवात गरेको हो । वर्षाका कारण ढिला सुरु भएको खेल अन्तिममा पनि वर्षा तथा ब्याड लाइटको प्रभाव परेको थियो ।

४०–४० ओभरमा खेलाइएको खेलमा नेपालले पहिला ब्याटिङ गर्दै ९ विकेटमा २०० रन बनाएको थियो । जवाफमा यूएईले ३६ ओभरमा १७१ रन बनाउँदा खेल रोकियो । त्यसपछि खेल फेरि हुन नसक्दा नेपाल डीएलएसअनुसार ५ रनले विजयी भएको हो । यूएईका यायिन किरण राईले नटआउट १०३ रन बनाएका थिए । तर, खराब प्रकाशका कारण रोकिएको खेल फेरि सुरु हुन नसकेपछि नतिजा नेपालको पक्षमा गएको हो ।

यो छनोट प्रतियोगिताबाट एक टिम आगामी वर्ष हुने विश्वकपका लागि छनोट हुनेछ । नेपाल, यूएई, अफगानिस्तान, हङकङ र ओमानबीच प्रतिस्पर्धा भइरहेको छ । आइतबार भएको अर्को खेलमा अफगानिस्तानले ओमानमाथि जित निकालेको छ ।

लोकप्रिय

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।