देशको मध्य क्षेत्रका अधिकाँश स्थानमा पानी पर्यो,राजधानीमा चिसो बढ्यो ।

0
678

कार्तिक १४ काठमाणडौं । काठमाडौं उपत्यकासहित मध्य क्षेत्रका धेरै ठाउँमा एका बिहानै पानी परेको छ ।

सिमरा, चितवन, काठमाडौं लगायतका मध्य क्षेत्रका विभिन्न स्थानमा सामान्य वर्षा भएसँगै चिसो बढेको छ ।

मौसम पुर्वानुमान शाखाका अनुसार अहिले पानी परिरेहको ठाउँमा एकैछिन रोकिए पनि मंगलबार मध्य क्षेत्रको मौसम पूर्ण रुपमा नखुल्ने जनाएको छ । पश्चिमी वायुको प्रभावले अहिले पानी परेको मौसमविद बरुण पौडेलले जानकारी दिनुभयो । मंगलबार पूर्व र पश्चिमको पहाडी भूभाग र मध्य क्षेत्रको मौसम आशिंक बदली हुने अनुमान छ ।

मनसुनपछिको अवस्था भएकाले पूर्वी वायुको थोरै प्रभाव र पश्चिमी वायु पुरै सक्रिय हुन नसक्दा अबको केही दिन मौसम खुल्दै बदली हुने मौसमविद पौडेलले बताउनुभयो । सोमबार ११ डिग्री सेल्सियस रहेको काठमाडौंको न्यूनतम तापक्रम मंगलबार बिहान ९ दशमलव २ डिग्री सेल्सियस पुगेको छ । पानी परेसँगै काठमाण्डौंमा चिसो बढ्ने मौषम बिज्ञान बिभागले जनाएको छ ।